प्रधानमन्त्री र शीर्ष नेताहरू वृद्ध भत्ता खाएर बस्नुस् : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सबै दलका शीर्ष नेतालाई वृद्ध भत्ता खाएर बस्न आग्रह गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न
मंगलबार सबेको राष्ट्रियसभामा बोल्दै उनले शीर्ष नेताहरूलाई यस्तो आग्रह गरेकी हुन् ।
उनले वृद्ध भत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाएकी थिइन् । उनले ६८ वर्षमै काम गर्न नसक्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेता भत्ता खाएर बस्नु पर्ने बताइन् ।
‘अहिले जुन काम गर्न नसक्ने भनेर ६८ (वर्ष) राख्नु भएको छ, प्रधानमन्त्री ज्यू अस्ति नै पुगिसक्नु भएछ ६८ त, अरू शीर्षस्थ नेता सबै ६८ वर्ष पुगिसक्नु भएको छ,’ उनले भनिन्, ‘उहाँहरू सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्छु म, काम गर्न सक्नुहुन्न भने, यो उमेर घटाउने बेला हो ?’
मुलुक आर्थिक संकटमा फसेको भन्दै उनले यस्तो निर्णयले देशलाई आर्थिक भार बढाउने भनाइ थियो । ‘वृद्ध भत्ता खाने उमेर घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन, अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ?’ उनले प्रश्न गरिन् ।

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया