राउटेलाई सामाजिक सुरक्षा भत्ता

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्तै आएका राउटे परिवारलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका हुन् ।
चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए। कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरुलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।रासस
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया