अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ १९ गते ८:२१

न्युयोर्क । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।
आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।
आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानाकारी गराएको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया