अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ १९ गते ८:२१

न्युयोर्क । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।
आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।
आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानाकारी गराएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया