एन्फा निर्वाचनः अपिलको समय आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटिले आज समयसीमा तोक्ने बताए ।
‘अपिलका लागि समय आजैबाट सुरु भइसक्यो । तर, अब समयसीमा कति दिन हुन्छ भन्ने पनि कमिटिले आजै निर्णय गर्नेछ,’ भट्टराइले भने, ‘पछिल्लो कार्यतालिका प्रभावित पार्न मिल्दैन । यसको लागि धेरै दिन लिन मिल्दैन । यसबारे निर्णय पनि उहाँहरुले नै गर्नु हुनेछ ।’
आसन्न निर्वाचन तालिकाअनुसार मंगलबारसम्म दाबीविरोधको समयसीमा थियो । दाबीविरोधका १० उजुरी परेका थिए । यसमध्ये समितिले चारको मताधिकार खोसेको थियो । जसमा महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।
यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको आठमध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको थियो ।
योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझे अब, यो पक्ष पुनरावेदन समितिमा जान सक्नेछ । जसको लागि आज अपिलको समय तोकिएको छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया