गायिका शाकिरा र फुटबलर जेरार्ड पिकेबीच सम्बन्ध बिच्छेद हुँदै
मेरोन्यूज
२०७९ जेठ १९ गते १४:२२

काठमाडौँ । कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् ।
पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै सम्बन्ध बिच्छेद गर्ने भएकी छन् । शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए । त्यो समयको चर्चित फुटबल गीत ‘वाका वाका’मा उनीहरूसँगै देखिएका थिए ।
पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन् । पिकेका छिमेकीले कैयौंपटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेको देखेका थिए ।
छिमेकीका अनुसार पिके बार्सिलोनाको रात्री जीवनमा रमाइरहेका छन् । पिके र शाकिराबीच १० वर्षको उमेर अन्तर छ । उनीहरुको दुई सन्तान छन् ।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया