मंगलबार, वैशाख २२, २०८३

औषधि किन्न गएका साहकाे शव इनारमा भेटियाे

मेरोन्यूज २०७९ जेठ १९ गते १५:३८

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो ।

Advertisement
NiccNicc

हिजो मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रमा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताए ।

मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताए । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उनको भनाइ छ ।

शवलाई इनारबाहिर निकाली पोष्टमार्ट्मका लगि धरानस्थितको बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भरहेको उनले जनाए ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गरेकी छिन् । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताइन ।
साह एक महिना अघिमात्रै वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उनको विवाद भएको थियो ।

प्रतिक्रिया