नेप्सेमा १८ अंककाे गिरावट

काठमाडौं । नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो ।
बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३।८१ अंकले घटेर ४ सय १० अंकमा पुगेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकममा भने बढेको छ ।
बिहीबार नौ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा बिहीबार ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा बिहीबार दुई सय २७ कम्पनी सेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
यस्तै १२ कम्पनीको सेयर मूल्य हिजोकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा एक मात्र कम्पनी बाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरमा नकारात्मक सर्किट लागेको छ ।
सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १३।९ रुपैयाँले बढेर एक सय ५३।३ रुपैयाँ पुगेको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर मूल्यमा ३५।५ रुपैयाँले घटेर ३ सय २० रुपैयाँ पुगेको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया