बेँसीसहरको पहिलो निर्णय : अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि : शुल्क

लमजुङ । बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा नि : शुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुच सहज बनाउने उद्देश्यले स्वास्थ्य बिमा निस्शुल्क गर्ने निर्णय गरेको हो ।
बैठकले पाँच ‘एम्पिएर’मा २० युनिटभन्दा कम विद्युत खपत गर्ने विपन्न घरपरिवारलाई निस्शुल्क गराउने, ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने र आवास क्षेत्रका नांङ्गो तारलाई प्लास्टिक कोटेड गराउने निर्णय गरेको छ ।
कार्यपालिकाको पहिलो बैठकले बेँसीसहर नगरपालिकाको बृहत्तर विकासका लागि विशेषज्ञ समूह गठन गर्ने, सतप्रतिशत घरधुरीमा खानेपानी धारा पुर्याउने, ६० वर्षमाथिका एकल पुरुष, ‘ग’ वर्गका अपांगता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने र हरेक बैठकमा अघिल्लो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने लगायतका निर्णय गरेको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया