मकरलाई आज कामबाट मान सम्मान मिल्ने, तपाईको राशिफल कस्तो ?

काठमाडौं । आज मिति २० जेठ २०७९ शुक्रबार, ३ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष चतुर्थी तिथि, वणिज करण, पुनर्वसु नक्षत्र, बृद्धि योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान सूर्योदय ०५ः०९ मा भएको छ भने सूर्यास्त ६ः५६ मा हुनेछ ।
मनोरञ्जनात्मक कार्यका लागि शुक्रबार शुभबार हो । सौन्दर्य सामग्री खरिदका लागि शुक्रबार राम्रो बार मानिन्छ । आजका देवता सूर्य र ग्रहदेव बुध हुन् । भनिन्छ, शुक्रबारका दिन विदेश यात्राका लागि शुभ मानिन्छ । आजको दिन आर्थिक कारोबारका लागि अशुभ मानिन्छ । अध्यात्मिक कार्यका लागि
अब लागौं आजको राशिफल
मेष रोजगारीका क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । आजको दिन मौन रहनु उत्तम छ ।
वृष
व्यापारमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ ।
मिथुन
परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्ट हुनसक्छ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ छ । सोचअनुसारको काम हुनेछ ।
कर्कट
पारिवारिक तनावका कारण मनमा अनेक खालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।
सिंह
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउन सक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।
कन्या
आजको दिन तपाईंकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । कन्या राशिका जातकले स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा छाउने छ । आज आम्दानीको धनराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । तपार्इंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईंलाई सफलता हात लाग्नेछ । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक
आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।
धनु
ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आजको दिन विदेश यात्रा गर्न सक्नुहुनेछ ।
मकर
कामबाट मान सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । कसैलाई पनि अपमान हुने काम नगर्नहोला ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।
मीन
बिहान अध्यात्मकार्यमा सहभागी हुन उत्तम हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने फाइदा पुग्ने छ । आफ्नो कार्यको समीक्षा गर्नुहोला ।













विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिलाई विजय गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल
कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया