काठमाडौंको मूलपानीमा २२ वर्षीय युवक मृत भेटिए
मेरोन्यूज
२०७९ जेठ २० गते १३:१७
काठमाडौं । काठमाडौंमा एक युवक मृत भेटिएका छन् । बाजुरा बुढीगंगा गाउँपालिका-९ घर भई कोटेश्वर बस्दै आएका २२ वर्षीय धर्म शाही मृत अवस्थामा भेटिएको हो ।
बिहीबार कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी लक्ष्मीनारायण मन्दिर पछाडि शाही मृतक भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही काँडाघारीस्थित मोटरसाइकल वर्कशपमा कार्यरत थिए ।
प्रहरीले पोस्टमर्टमका लागि शव पाटन अस्पताल पठाएको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया