नेपाल ओमानसँग पराजित
मेरोन्यूज
२०७९ जेठ २१ गते ९:४७

काठमाडौं । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ । कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इसाम अल सुभीले समान एक गोल गरे ।
नेपालले हाल एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ ।ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेल्यो । जसको पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ को र दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।
एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि कुवेत प्रस्थान गर्नेछ । समूहमा नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।
नेपाली टिम आज नै कुवेत प्रस्थान गर्दैछ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया