पर्वतमा नौ सदस्यीय समन्वय समिति बनाउन सहमति

काठमाडौँ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्लासभा सम्पन्न भएको छ । सभामा जिल्लाका सातवटै स्थानीय तहका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी १४ को उपस्थिति रहेको थियो ।
ज्येष्ठ सदस्य फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीको अध्यक्षतामा बसेको सभाले दश बुँदे महत्वपूर्ण निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग जिल्लास्थित निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल तथा राष्ट्रसेवक कर्मचारीलगायतले सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरेको छ ।
सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान २०७२ का धारा, २२० को उपधारा, ३ बमोजिम एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसंख्यकसहित नौ सदस्यीय जिससको निर्वाचन गर्ने व्यवस्थाअनुरुप नौ सदस्यीय समिति रहने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी सुरेश ढकालले जानकारी दिए । उनका अनुसार समितिको निर्वाचनको मिति केही दिनमा तोकिने छ ।
सभाले आर्थिक वर्ष ०७९–८० का लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार र अन्य स्रोतबाट प्राप्त हुने बजेट तथा कार्यक्रम प्राथमिकीकरण तथा वर्गीकरण गरी कार्यान्वयन गर्न जिल्ला समन्वय समितिलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी तीनै तहका सरकारबाट जिल्लामा भइरहेका विकास आयोजना तथा अन्य निर्माण कार्य र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न र गुणस्तर कायम गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी जिल्लाभित्र रहेका गैरसरकारी संस्थाको अनुगमन गर्ने, जिल्लाभित्र विद्युत्, खानेपानी, साथै अत्यावश्यक सेवाबाट बञ्चित स्थानमा सर्वसुलभ रुपमा उक्त सेवा पुर्याउन सबै स्थानीय तहले आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसमेत भएको छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
प्रतिक्रिया