दाङमा क्षयरोगको औषधि अभाव

दाङ । दाङमा क्षयरोगका बिरामीको लागि औषधि अभाव भएको छ । १४ वर्ष मुनिका बच्चाका लागि ‘एचजेडआर’ नामक औषधि अभाव रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले जानकारी दिए।
उनका अनुसार प्रदेशबाटै औषधि आपूर्ति नहुँदा यस्तो समस्या देखिएको हो । “ठूलो उमेरका मानिसका लागि औषधिको खासै समस्या देखिएको छैन, तर बच्चाहरूका लागि ‘एचजेडआर’ निकै समस्या रहेको छ”, उनले भने ।
जिल्लाका हरेक अस्पतालमा यो औषधि अभाव भएपछि औषधि माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उनले बताए । हाल प्रादेशिक अस्पतालमा १४ वर्ष मुनिका सात बच्चाले सो औषधि सेवन गरिरहेका छन् ।
साथै १४ वर्षदेखि माथिका डेढ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेको प्रादेशिक अस्पतालले जनाएको छ । जिल्लामा १५ दिनदेखि औषधि अभावको समस्या रहेको छ । औषधि आपूर्तिका लागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ओम अर्यालले जानकारी दिए। औषधि सेवन गरिरहेका बिरामीलाई औषधि छुटाउनै नहुने भएकाले तत्काल आपूर्ति गर्ने बताए । रासस
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया