बिहीबार, माघ २२, २०८२

पुलबाट बस खस्दा ९ जनाको मृत्यु, सात जनाको सनाखत

मेरोन्यूज २०७९ जेठ २२ गते १४:१७
!= ?kGb]xLsf] /f]lx0fL k’naf6 hgsk’/af6 e}/xjf cfpb} u/]sf] a; b’3{6gf x’bf ( hgfsf] d[To’ ePsf] 5 . xfn @# hgfsf] e}/xjfsf] d]l8sn / eLd c:ktfndf pkrf/ z’? ePsf] 5 .n’ @ v #*$! gDa/sf] a; b’3{6gf ePsf] xf] . t:jL/M g/]z s]=;L, l;4fy{gu/, /f;; .

रुपन्देही । जिल्लाको रोहिणी गाउँपालिका ३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल ६ का ४० वर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का अन्दाजी ५६ वर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० वर्षीय दिनेश दास, बुटवल ११ कालिकानगरका अन्दाजी ४१ वर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाउँपालिका ४ का अन्दाजी ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका ८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल ६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् ।

दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।

दुर्घटनामा चालकसहित घाइते भएका सबैलाई उपचारका लागि भैरहवास्थित युनिभर्शल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा ९ जनाको मृत्यु भएको थियो । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया