विचार र मुद्दा मिल्नेसँग तालमेल गर्ने लोसपाको तयारी
मेरोन्यूज
२०७९ जेठ २२ गते १९:३४

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विचार र मुद्दा मिल्ने राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । ‘विचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ,’ कार्यकारिणी सदस्य केशव झाले भने ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे जानकारी गराएका थिए । आफूको माग र मुद्दा सम्बोधन गर्न सरकारसँग तयार रहेको उनले बताए ।
गठबन्धन सरकारसँग लोसपाले नागरिकता विधेयकलगायतका विषयमा आफ्ना माग राख्दै आएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया