राजनीतिमा नयाँ तरंग
माधव नेपालपछि रामकुमारी झाँक्री र विरोध खतिवडा पनि प्रचण्ड निवासमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीभित्रको आन्तरिक भागबण्डा मिलाउन आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।
एकीकृत समाजवादीले सरकारमा सहभागी भएको ८ महिनामै आफ्ना मन्त्रीको पूरै सेटलाई फिर्ता बोलाएर नयाँ सेटलाई मन्त्रीमण्डलमा सहभागी हुन नाम सिफारिस गरेपछि गठबन्धन दलभित्रै पनि मन्त्री फेर्नु पर्ने दबाब बढेको छ ।
पार्टी सचिवालयको बैठक राखेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन दलभित्रकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार पुगेका थिए । माधव नेपाल आफ्नै सम्धी सोमप्रसाद पाण्डेलाई साथ लिएर प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।
माधव नेपाल र प्रचण्डको भेटवार्ता सकिएलगत्तै मन्त्री फिर्ता बोलाएका विरोध खतिवडा र रामकुमारी झाँक्री पनि प्रचण्ड निवास पुगेका छन् । यो समाचार तयार पार्दासम्म खतिवडा र झाँक्री प्रचण्ड निवासमा छन् । चुनावको मुखमा पनि भागवण्डा पुर्याउन नै मन्त्री हेरफेरको निर्णय लिएको भन्दै एकीकृत समाजवादीको निर्णयको राजनीतिक वृतमा राम्रो नभएको टिप्पणी भइरहेको बेला झाँक्री र खतिवडा भने सकेसम्म आफूहरुको बचाउका लागि प्रचण्ड निवासमा पुगेको बताइएको छ ।
बजेटमा मन्त्रालयगत छलफलसमेत सोमबारबाट मात्र शुरु हुन लागेका बेला एकाएक मन्त्री फेर्ने पार्टी निर्णयमा फिर्ता बोलाइएका एकीकृत समाजवादीका मन्त्रीहरु खुसी छैनन् ।
एकीकृत समाजवादीको यो निर्णयले कांग्रेसभित्र पनि गठबन्धन फेर्न दबाब बढेको छ । माओवादी केन्द्रमा पनि बहस शुरु भएको छ । जसपामा उस्तै बहस शुरु भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले त एकीकृत समाजवादीले मन्त्रीको नयाँ नाम प्रधानमन्त्रीलाई बुझाएसँगै प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका छन् ।


















संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया