नवलपरासी पश्चिमको जिल्ला अदालतमा गोली प्रहार गर्ने युवक पक्राउ
मेरोन्यूज
२०७९ जेठ २४ गते १६:४४

काठमाडौँ । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका ४ मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् ।
यादवलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोलीसमेत बरामद भएको छ ।
सोमबार दिउँसो करिब १ बजे अदालत परिसरमा यादवले काकी रोशनी यादवलाई लक्षित गरी गोली हानेका थिए ।
यादवलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजनासम्बन्धी कसूर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया