एएफसी एसियन कप छनोट : नेपाल जोर्डनँग पराजित

कुवेत । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।
पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।
जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए ।
अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया