बिहीबार, पुष २४, २०८२

सुनको मूल्य ५०० रुपैयाँले बढयो

मेरोन्यूज २०७९ जेठ २६ गते ११:१३

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी बिहीबार पनि सोही मूल्यमा नेपाली बजारमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया