अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौं । आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।
मलेसियाकी एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् । यस क्रममा अन्जलीले ५४ बलको सामना गरेकी थिइन् । यसबाहेक, आश्मा पुलामीले २६ रन बनाइन ।
मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।
मलेसियामाथिको जितका बावजुद नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा चार विकेटले पराजित गरेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
प्रतिक्रिया