बलात्कारको आरोपमा तीन बालक सुधार गृहमा, एक जना कारागारमा

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको हो ।
शम्भुनाथ मेला घुमाउन लगेर बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका ४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार फरार छन् ।
पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका ३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया किशोरीलाई २ जेठमा आरोपित पाँच जनाले सामूहिक बलात्कार गरेको पीडितको आरोप रहेको छ ।
पीडितका अनुसार आरोपितले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् । घटनाबारे घर परिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा सप्तरी प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरीले ३ जेठमा पीडितको अस्पतालमा स्वास्थ्य परीक्षण गराई उजुरी दर्ता गरेको थियो ।


















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया