भारतमाथि दक्षिण अफ्रिकाको जित

काठमाडौं । पाँच श्रृंखलाको पहिलो टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।
विहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ६४ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक(एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।
भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे । दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक(एक विकेट लिए ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया