अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अश्लिल भिडियो र तस्बिर बनाएर पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पीडितको जाहेरीपछि एक जनालाई धुलिखेलबाट र एक महिलालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाएर नाबालिकाका आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर चरित्र हत्या गरेको आरोपमा जेठ २५ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ घर भएका २० वर्षीय विकेश सोजुँलाई प्रहरीले पक्राउ गरेको हो ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
यस्तै, महिलाको तस्बिर दुरुपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोस्ट गरी महिलाको चरित्र हत्या गरेको आरोपमा खोटाङ, ऐसेलुखर्ककी २० वर्षीया भोजकुमारी दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि काठमाडौं जिल्ला अदातलबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया