उपत्यकाको फोहोर व्यवस्थापनबारे आज साँझ पनि बैठक

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनबारे आझ साँझ पनि बैठक बसेको छ । शहरी विकास मन्त्रालय सिंहदरबारमा बसेको बैठकमा फोहोरबाट प्रभावित सिसडोल र बञ्चरेडाँडाका स्थानीयबासीको मागलाई सम्बोधन गर्ने बारेमा केन्द्रीत भएको हो ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रीको अध्यक्षतामा बसेको बैठक, शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, गृह मन्त्रालयका प्रवक्ता फनेद्रमणि पोखरेल, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, ललितपुर महानगरका मेयर चिरिबाबु माहर्जनलगायतको उपस्थिति थियो ।
बैठकपश्चात् मन्त्री झाक्रीले फोहोरबाट प्रभावित बासिन्दाको मागहरू ईआईए रिपोर्टपछि सुरु गर्ने बताइन् । सोही रिपोर्टपछि जग्गा अधिग्रहण, बाटो निर्माण, १० शैय्याको अस्पताल बनाउने र उक्त मागहरूहरुलाई पूरा गर्न आवश्यक बजेटको श्रोतबारे सम्बन्धि सरोकारवालासँग छलफल गर्ने निर्णय भएको थियो ।
स्थानीयबासीको माग क्रमशस् पूरा गर्दै जाने सहमतिअनुसार आज साँझदेखि नै काठमाडौँ उपत्यकाको फोहोर सहज रुपमा ल्याण्डफिल साइडमा लैजाने व्यवस्था भएको छ । यसअघि स्थानीयबासीले आफ्नो माग राख्दै अवरोध गर्दै आएका थिए ।
















किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
प्रतिक्रिया