होटल बाहिर युव मृत फेला

भैरहवा । होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो ।
मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । होटल सञ्चालकका अनुसार माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्छ ।
सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान भईरहेको छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया