हिलाम्मे काठमाडौंका सडक (फोटोफिचर)

काठमडौं । देशको संघीय राजधानी हो काठमाडौं । देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरु भन्दा अगाडी नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमडौंको अवस्था त्यही पुरानो नै छ ।
काठमाडौंको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ । एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले । किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ । तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन । काठमाडौं उपत्यका भित्रका सडकहरुले काठमाडौंको वास्तविकता झल्काउँछ । काँठलाई काठमाडौं जोड्ने सडकहरुको नै मर्मतसम्भार हुन सकेको छैन ।
जसकारण ठूला ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ । त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ,धुलो र हिलोको त्यत्तिकै समस्या छ । काठमाडौंलाई कतिपयले अव्यवस्थित शहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो । सवारीसाधन गुड्ने सडक नै व्यवस्थित छैनन्, कतिपय ठाउँका । राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन् ।
चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैं बग्छन् । पानी परेको बेलामा सवारीसाधन रोकेर राख्नुपर्ने दरिद्र अवस्था छ काठमाडौंका सडकको । चक्रपथ बाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ । यसको वास्तविकता त्यतिमै सिमित छैन । कतिपय सडक वर्षौंदेखि टेण्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरेको छैन । यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै छ । पानी प¥यो सवारी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ, किनभने खराब सडककै कारण दुर्घटनामा परेर सयौंले ज्यान गुमाइसकेका छन् ।
नख्खु– भैंसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यी माथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिएका छन् । अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यस बारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन ।
































वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया