भक्तपुर जिसस प्रमुखमा गोलाप्रथा हुँदा एमाले विजयी, उपप्रमुखमा कांग्रेस
मेरोन्यूज
२०७९ जेठ २८ गते १६:५९

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन् ।
जिससका लागि यहाँ आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुखमा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को दुई मत थियो ।
यो हिसाबले नेमकिपा निर्णायक भएको थियो । त्यसैले उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेक थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए । तर, उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो ।
मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन–तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोलाप्रथा गरिएको हो ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया