सशस्त्रमा आईजीपीको पदावधि ३ वर्ष बनाउने तयारी
व्यक्ति विशेषका लागि नियमावली संशोधन !

काठमाडौँ । आफ्नो अनुकूलका व्यक्तिलाई महानिरीक्षक (आईजीपी) बनाउनका लागि सशस्त्र प्रहरीमा नियमावली संशोधन गर्न लागिएको छ । कुनै व्यक्ति विशेषलाई बढुवा गर्न र आफ्ना मान्छेलाई बढुवासँगै भविष्यमा आईजीपीसम्म बनाउन पर्ने भएपछि सशस्त्र प्रहरीमा नियमावली संशोधन गर्न लागिएको हो ।
संशोधनका लागि प्रस्तावित नियमावलीमा यसअघि एसएसपीमा बढुवा हुन ४ वर्ष सेवा गरेको हुनु पर्ने नियमलाई हटाएर अब ३ वर्ष सेवा गरेको भए योग्य मानिने व्यवस्था गर्न लागिएको छ । यस्तै, आईजीपीको पदावधि घटाएर ३ वर्ष बनाउन लागिएको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ४० को उपनियम १ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनीको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्ने छ’ भनिएको छ । त्यसैगरी नियम ४० को उपनियम २ मा ‘उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी नायब महानिरीक्षक र सोभन्दा माथिल्लो पदमा बढुवा हुन न्युनतम सेवा अवधिको हद लाग्ने छैन’ भन्ने उल्लेख छ ।
अर्थात् एसएसपीसम्म बन्न त्योभन्दा तल्लो तहमा कम्तीमा चार वर्ष सेवा पूरा गरेको हुनु पर्ने छ भने डीआईजी बन्न वा त्योभन्दा माथिल्लो पदमा जानका लागि सेवा अवधि लागू नहुने कुरा उल्लेख छ । तर, सशस्त्र प्रहरीले यो व्यवस्थालाई हटाएर एसएसपीमा बढुवाका लागि आवश्यक सेवा अवधि चार वर्षलाई घटाएर तीन वर्ष कायम गर्न संशोधनको प्रस्ताव गरेको छ ।
योसँगै आईजीपीको सेवा अवधि घटाएर अहिलेका एआईजी नारायणदत्त पौडेललाई अनुकूल हुने गरी संशोधन प्रस्ताव गरिएको हो ।एसएसपीको बढुवा अवधि ३ वर्ष बनाउँदा अहिलेका कामु एसएसपी दीपेन्द्र कुँवरलाई सहज हुने भएको छ । उनी यसैपटक डीआइजी हुने र निकट दिनमा आईजीपी हुने गरी तयारी थालेका छन् ।
सशस्त्र प्रहरीमा ३२ वर्षीय सेवा अवधिको ‘च्याप्टर क्लोज’ !
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई रहेका एसएसपी कुँवरले आफ्ना ब्याचका सबैलाई टप गरेर डीआईजी हुने खेलमा लाग्दा सबै प्रकारका नियमावली संशोधन गर्न दबाब दिइरहेका छन् । यसअघि नियमावली संशोधन गरेर सेवा अवधि घटाउनका लागि आईजीपी शैलेन्द्र खनाल नै समिति गठन गरेका थिए । सुझाव दिने गरी गठन गरिएको समितिमा तत्कालीन आईजीपी खनाल निकट भनेर चिनिएका डीआईजी नारायण दत्त पौडेल संयोजक थिए ।
समितिले एसएसपीमा बढुवाका लागि सेवा अवधि तीन वर्ष बनाउने गरी नियमावली संशोधनको सुझाव सहितको प्रतिवेदन दिएको थियो । त्यसैगरी वर्तमान आईजीपी राजु अर्याल र पौडेलबीच भएको भद्र सहमतिअनुसार आईजीपीको कार्यकाल तीन वर्ष बनाउने र दुवै जना मिलेर कार्य सञ्चालन गर्ने रहेको छ ।
आईजीपी अर्याल त्यो बचन पूरा गर्नेतर्फ अग्रसर भएका छन् । त्यसो गर्दा देउवा ज्वाई कुँवरलाई फाइदा हुने छ । उनी आफ्नो ब्याचमा १० नम्बरका रहेका छन् । उनीभन्दा अघि कामुबाट कन्फर्म हुने लाइनमा रहेका एसएसपीहरू सुरेश श्रेष्ठ, दीपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अञ्जनी पोखरेललगायत छन् ।
सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !
कुँवरको ब्याचमा भने एक नम्बरमा विष्णु भट्ट, दिगविजय सुवेदी, विश्व भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत र माधव प्रसाद पौडेललगायत छन् । कुँवरसँगै सुवेदी, तिउसिना, बस्नेत निकै विवाददित अधिकृत हुन् ।
बारामा बसेका सुवेदीले तस्करीलाई साथ दिएको आरोप लागेको थियो । तिउसिनालाई आईजीपीलाई मात्रै रिपोर्ट गर्ने गणको गणपति हुँदा गृहमन्त्रालयले गणमा छापा मारेर कारबाहीको सिफारिस गरेको थियो । तर, उनले निकै मेहनत गरेर मिलाएका थिए ।
आईजीपी अर्यालले सेवा अवधि घटाउनेलगायतका प्रस्ताव राखेर तयार पारेको नियमावली संशोधन प्रस्तावसहितको पत्र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखामा पठाइसकिएको भए पनि अहिले विचराधीन अवस्थामा छ । सो सम्बन्धमा सशस्त्र प्रहरीले गृह मन्त्रालयका अधिकारीसँग पनि छलफल गरिरहेको भएपनि प्रकृया अघि बढेको छैन ।
सशस्त्रको सेवा अवधि नबढ्ने संकेत : गृहमन्त्री खाँणलाई ढाँटे कर्णालीका डीआईजीले
यो नियमावली संशोधनपछि सशस्त्र प्रहरीमा सिसम १ को ब्याचबाट २०७५ वैशाख २७ मा एसपीमा बढुवा भएका अधिकृतहरूको सेवा अवधि तीन वर्ष पूरा भएको छ । सिसम २ का अधिकृतहरू २०७५ चैत १५ मा एसपीमा बढुवा भएका थिए । एसपी पदमा ती अधिकृतहरूको सेवा अवधि २०७८ चैत १५ मा ३ वर्ष पूरा भइसकेको छ ।
सिसम २ का ती एसपी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँगै रहेका छन् । उनी यतिबेला कायम मुकायम एसएसपी छन् । उनीलगायत आफ्ना केही व्यक्तिलाई चाँढै बढुवा र भविष्यमा आईजीपीको दाबेदार बनाउने गरी यतिबेला नियमावली संशोधनको प्रयास भइरहेको स्रोत दाबी छ ।
सिसम १ ब्याचबाटै तत्काल डीआईजी बनाउन मिल्ने गरी हालको नियमावली संशोधनको प्रस्ताव गरिएको सशस्त्र प्रहरी स्रोतको दाबी छ । हाल कामु एसएसपी एक व्यक्तिलाई बढुवा हुन आवश्यक सेवा अवधि घटाएर माथि ल्याउने चलखेल भइरहेको स्रोतको दाबी छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया