८ घण्टापछि विद्युत प्रशारण लाइनमा हिँड्ने युवकको उद्धार
मेरोन्यूज
२०७९ जेठ २८ गते १९:५५

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत प्रशारण लाइनमा पुगेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
शनिबार साँझ तालिम प्राप्त सैनिकहरू टावरमा चढेपछि बिहानदेखि तारमा हिँड्ने, झुण्डिने गर्दै आएका युुवक माइला बिक आफै ओर्लिएका हुन् ।
ककनी गाउँपालिकामा अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । ‘भर्खरै मोटरमा हालेर लगिएको छ,’ उनले भने ।
उनी विद्युतको प्रशारण लाइनमा चढेपछि त्रिशुली मातातीर्थ प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरिएको थियो । बेल्कोटगढी नगरपालिका १३ घलेगाउँका विक बिक प्रशारण लाइनमा पुगेपछि उर्जा मन्त्री पम्फा भुसालले उद्धार गर्न निर्देशन दिएकी थिइन् । करिब ८ घण्टापछि उनको उद्धार भएको हो ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया