लगातार दोस्रो जितसँगै भारतको सम्भावना बलियो
मेरोन्यूज
२०७९ जेठ २९ गते ७:४०

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार घरेलु मैदान भारतले प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोल गरे ।
८५औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो । यद्यपि, त्यसको तीन मिनेटपछि हारुन फाखरुद्दिनले गोल गर्दै अफगानिस्तानलाई १–१ को बराबरीमा फर्काए ।
तर, निर्धारित समयको इन्जुरी मिनेटमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए ।
जितसँगै डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा उक्लिएको छ । समान खेल र अंकबाट हङकङ शीर्षस्थानमा छ । समूहबाट शीर्षस्थानमा रहने टोली सिधै एसिया कपमा स्थान बनाउने छ ।
सम्बन्धित









कालीकोटमा सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
चितवनमाथि काठमाडाैंको सहज जित
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया