शनिबार, वैशाख ५, २०८३

संसदमा सत्तापक्षका सांसदलाई प्रतिपक्षीको आग्रह

मेरोन्यूज २०७९ जेठ २९ गते १५:२१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्ता पक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

विनियोजन विधेयक २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्य मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सम्बन्धित मन्त्रीले कार्य सूचीबमोजिम नै जवाफ दिने भएकाले सत्तापक्षका सांसदले जवाफ दिइरहन नपर्ने बताए ।

पूर्वस्वास्थ्य तथा जनसंख्यमन्त्री ढकालले आफ्नो पालामा कोभिङ १९ विरुद्धको खोप हराएको भन्ने वर्तमान स्वास्थ्यमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको जवाफ माग गरेका थिए । उनले स्वास्थ्य क्षेत्रका कतिपय कार्यक्रम योजनाका आधारमा नभई सत्तापक्षका कार्यकर्तालाई लाभ दिने ढंगले ल्याइएको आरोप लगाए ।

सांसद अमनलाल मोदीले मन्त्रीले आफ्ना जिल्ला र क्षेत्रमा बढी बजेट पारेर विकासको समानुपातिक ढाँचा अवलम्बन नगरेको टिप्पणी गरे । उनले पूर्वको महत्वपूर्ण विराटनगर सहरलाई व्यवस्थित र सुन्दर बनाउन सरकारले बजेट विनियोजन नगरेकामा गुनासो व्यक्त गरे ।

सांसदले योजना माग गरिएर पनि बजेटमा समावेश नगरिएको र दीर्घ कालीन रुपमा सकारात्मक प्रभाव पार्ने कार्यक्रममा ध्यान नदिइएको सांसदले बताए ।

प्रतिक्रिया