साहुको हत्या आरोपमा चार जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ २९ गते १९:३०
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ८ बोडेमा एक जनाको हत्या भएको छ । स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको हो ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव फेला परेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले साहुको हत्या आकंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया