कैलालीको जिसस नेतृत्वमा मेयर हमाल निर्णायक, कसैको पुगेन बहुमत

धनगढी । कैलालीमा भोलि हुने जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
कूल १३ पालिका रहेको कैलालीमा जिससको नेतृत्वका लागि २७ मत आवश्यक पर्ने छ । तर, कैलालीमा जितका लागि कसैसँग पर्याप्त मत नपुग्ने भएको छ ।
जिससको नेतृत्वका लागि कैलालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा एमालेबीच गठबन्धन भएको छ ।
कैलालीमा कांग्रेस, माओवादी र नेकपा एस मिल्दा १३ मत पाउने स्थिति रहेको छ । एमाले र उन्मुक्ति पार्टी मिल्दा १२ मत पाइने स्थिति छ ।
तर, कैलालीको मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्षलाई निर्वाचन आयोगले मताधिकारको प्रयोग गर्नबाट वञ्चित हुने गरी आइतबार मात्रै निर्देशनसहितको पत्र पठाएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय भ्रष्टाचार मुद्दामा छानबिनको सूचीमा परेका भन्दै उनलाई जनप्रतिनिधिको हैसियतमा नराख्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।
उपाध्याय निलम्बनमा परेसँगै कैलालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको मत भार १२ हुने छ । उता नागरिक उन्मुक्ति पार्टी र एमालेको मतभार पनि १२ नै रहेको छ ।
यस्तो अवस्थामा कैलालीमा स्वतन्त्र रूपमा निर्वाचन जितेका धनगढी उपमहानगरका मेयर गोपाल हमाल निर्णायक बन्ने देखिएका छन् । तर, मेयर हमालले अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर कुनै निर्णय नगरेको बताए ।
‘म अहिलेसम्म स्वतन्त्रकै हैसियतमा रहेको छु,’ उनले भने, ‘के गर्ने भन्ने कुरोको टुंगो भोलि नै लाग्ने छ ।’
कैलालीमा कांग्रेससँग ९, नागरिक उन्मुक्ति पार्टीसँग ७, नेकपा एमालेसँग ५, माओवादी केन्द्रसँग २, नेकपा एकीकृत समाजवादी पार्टीसँग १ र स्वतन्त्र १ मत रहेको छ ।
जिससका लागि कसैको बहुमत नपुग्ने अवस्था आएका गोलाप्रथा विधिबाट जिसस प्रमुखको टुंगो लगाइने उनले बताए ।


















गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया