हिमाल सफा गर्न सेनालाई जेजीआई नेपालको सहयोग

काठमाडौँ । जेजीआई नेपाल फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत कार्य सम्पादन गर्न नेपाली सेनाको हिमाल सफाइ अभियानलाई १५ लाख सहयोग स्वरुप प्रदान गरेको छ ।
नेपाली सेनाले अन्य सरकारी निकाय र निजी क्षेत्रसँगको सहकार्यमा दुईवटा हिमाल सफाइ अभियान (२०१९ र २०२१) सफलतापूर्वक सञ्चालन गरेको छ । यसैगरी पर्वतीय सरसफाइको अभियान २०२२ मा नेपालको चार हिमालय (सगरमाथा, ल्होत्से, कञ्चनजङघा र मनास्लुुबाट) ३५ टन हिमाली फोहोर संकलन गरी पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ ।
जेठ २२ गते विश्व वातावरण दिवसको दिन यो हिमाल सफाइ अभियान २०२२ सफलतापूर्वक सम्पन्न भएको थियो । जेजीआई नेपाल फाउण्डेसन विजयकुमार शाह र जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत कार्य गर्नका निमित्त स्थापना गरेको संस्था हो ।
शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सहयोग, लैङ्गिक समानता र वातावरणको क्षेत्रमा यस संस्थाले मद्दत गर्ने छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया