मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकसहित २ जनाको मृत्यु

बारा । बाराको महागढीमाई नगरपालिका-८ हुलाकी राजमार्ग सडक खण्डस्थित थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्वण गाँउपालिका ७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादव रहेका छन् ।
आइतबार राति करिब ११ बजे प्र ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि कलैयामा रहेको जिल्ला अस्पताल कलैयामा लगिएको थियो । जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया