बिहीबार, माघ ८, २०८२

कास्की,मोरङ र काभ्रेमा तीन जना मृत अवस्थामा फेला

मेरोन्यूज २०७९ जेठ ३० गते १३:१६

काठमाडौं । कास्की, मोरङ र काभ्रेपलाञ्चोकमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ स्थित दुई कुलोको मुहानमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ भोजे घर भएका ५७ वर्षीय लाल बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङको सुनवर्षी नगरपालिका–३ सुरत बस्ने ४९ वर्षीय मङजोल भन्ने सिडो टुडु सोही नगरपालिका–४ स्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काम गर्न भनी शनिबार उक्त खेतमा गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ सौर्य बस्ने ५० वर्षीय शेर बहादुर घले आफ्नै घरबाट करिब एक सय मिटर टाढा रहेको सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया