बिहीबार, चैत २६, २०८२

थप १५ जनामा कोरोना संक्रमित, यी जिल्लामा संक्रमित शून्य

मेरोन्यूज २०७९ जेठ ३० गते १७:५१

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

दुई हजार ८६ जनाले पीसीआर र एक हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा १३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६७ हजार २१७ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १०२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १०२ संक्रमित रहेका छन् । हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै छैनन् ।

शून्य संक्रमित रहेका जिल्लाहरूमा ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्थुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवान, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा र कञ्चनपुर रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १६ र ललितपुर पाँच र भक्तपुरमा पाँच गरी जम्मा २६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया