नेप्सेमा भारी गिरावट, आज कति पुग्यो ?
मेरोन्यूज
२०७९ जेठ ३१ गते १५:३१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज एकै दिन ३६ अंकले गिरावट आएको छ ।
कारोबार सुरु भएदेखि घट्न सुरु भएको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा ३६ अंकले घटेर १९ सय ९६ बिन्दुमा आइपुगेको हो । गिरावट भएसँगै आज नेप्से २ हजारभन्दा तल आइपुगेको हो ।
यस्तै, आज सेन्सेटिभ समूहमा ६ अंकको गिरावटसँगै ३८३ अंक पुगेको छ । कारोबार भएकोमा एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनेबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको दिन कारोबार भएका सबै समूहमा गिरावट आएको छ । जसमा निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १८६ अंकको गिरावट आएको छ ।
आज ९ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया