कैदी हरिजनको आत्महत्याबारे छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुनअनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।
गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझेका छन् । सोही क्रममा उनले घटनामा प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनअनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताएका हुन् ।
घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्री स्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका थिए ।
समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ ।
प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न साफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताए ।
समितिले २०७७ मैसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटी तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।
समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँग सँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुज गरेको जनाएको छ ।
त्योसँगै समितिले घटनाको स्थलगत अध्ययन, अवलोकन, सूचना संकलन तथा विश्लेषण, सोधपुज तथा बनाउन, फोन कल विवरण अध्ययन र घटना विवरण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।


















एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया