अर्थभन्त्रीसँग पर्यटनमन्त्रीको गुनासोः ‘मेरो मन्त्रालयमा मात्र साँढे १० अर्व बजेट कटौति’

काठमडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्व बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गरेका छन् ।
बुधबार विनियोजन बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटकपटक आग्रह गर्दापनि अर्थमन्त्री शर्माले सो बजेट कटौति गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौति गर्नुपर्दा आफूलाई अति दुःख लागेको प्रतिक्रिया समेत दिए ।
उनले बजेटको आकार भने नौं दशमलव ८ प्रतिशत बढने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौति भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिएको स्पष्ट पार्नु भयो । अर्थ मन्त्रालयले बजेट कटौति गरेका कारण माननीयज्यूहरुको निर्वाचन क्षेत्रमा रहेका आयोजनाहरुलाई निरन्तरता दिन नसकेको विषयलाई आफूले सहज रुपमा लिएको पनि मन्त्री आलेले बताउनु भयो । उनले भने, ‘बजेट गत वर्षको भन्दा ९ दशमलव ८ प्रतिशत वृद्धि भएको छ । तर मैले यो रोष्टममा उभिएर भनिरहँदा मेरो मन्त्रालय मात्र साँढे १० अर्व बजेट कटौति भएको अवस्था छ । मैले पटकपटक माननीय अर्थमन्त्रीजीलाई भने–माननीय ज्यूहरुको विभिन्न खालका जिज्ञासाहरु छ । बजेट कटौति गरिदिनु भएन भन्दाखेरी कतिपय हामीले स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रमहरु पनि कटौति भएका छन । मैले भन्नैपर्छ दुःखका साथ । त्यसो भएको हुनाले तपाईहरुले मलाई राखेको जिज्ञासालाई मैले सहज रुपमा लिएको छु । विभिन्न पुरातात्विक महत्वका आयोजनाहरु, विभिन्न ठाउँमा पर्यटक भित्र्याउने कुराहरु होस् । पर्यटकलाई भित्र्याउनका लागि ट्रेल मार्गको कुरा पनि यहाँ आएको छ । तर बजेट अभाव भयो । हाम्रो साँढे १० अर्ब बजेट न्यून छ । बजेटको सिलिङबाट हटाइएको छ । कम्तिमा पाँच अर्व मात्रै दिएको भएपनि । २० लाखको हामी २५ वटा योजना लागू गर्न सक्थ्यौं । तर भएन । यसो भएको हुनाले म माननीयज्यूहरुलाई के अनुरोध गर्न चाहन्छ भन्दा विगतमा जतिपनि आयोजनाहरु थिए । त्यसले निरन्तरता नपाउँदा तपाईहरुले गुनासो म समक्ष राखेको कुरा मैले यसलाई सहज रुपमा लिएको छु ।’
मन्त्री आलेले ६ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताए ।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया