बागमती सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढायो
मेरोन्यूज
२०७९ असार १ गते १८:११

मकवानपुर । बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको जानकारी दिए ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाएको उनले बताए । प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जमरकट्टेलको भनाइ छ ।
सम्बन्धित














इरानले विश्वकप फुटबलमा भाग नलिने
रौतहटमा दलितमाथि सामुहिक कुटपिट प्रकरण : ८ जनाविरुद्ध मुद्दा दर्ता
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
प्रतिक्रिया