सानिमा बैंकको प्रायोरिटी काउन्टरः नयाँ बानेश्वरमा

सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति २०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।
नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं संयुक्त रुपमा गरे । सो समारोहमा डिल्लीराम अधिकारी लगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए ।
साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंज्यूले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया