आइएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक
मेरोन्यूज
२०७९ असार २ गते ११:२९

काठमाडौँ । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार करबाहेक उपलब्ध गराउने जनाएको छ ।
यो अफर इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाउने प्रचलन सुरु गरेको हो ।
विकासोन्मुख देशका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य स्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया