बाढी र पहिरोका कारण दुई जनाको मृत्यु

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो ।
गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबिरल वर्षाको कारण बुधबार बेलुका कालिकोट खाँडचक्र नगरपालिका–२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क बिकको मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बिक र उनकै श्रीमतीलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले बिककी श्रीमतीलाई घाइते अवस्था उद्दार गरेको थियो । बेपत्ता भएको बिकको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया