प्रतिमा र सुरेनको ‘राधा प्यारी’मा गरिमा र प्रिन्स

काठमाडौं । गायिका प्रतिमा केसी र गायक सुरेन चन्दको स्वरमा ‘राधा प्यारी’ गीत सार्वजनिक भएको छ । इनाक्सी युट्युब च्यानलबाट विहिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सिएल शर्मा, सानी विश्वकर्मा र राकेश ओलीले कोरस मेल भोकल दिएका छन् । यस्तै स्मृती साही र पुष्पा बोहोराले कोरस फिमेल भोकल दिएका छन् । गीतमा सिएल शर्माको शब्द र संगीत रहेको छ । गीतको एरेन्ज विश्व अधिकराले गरेका हुन् ।
किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।
भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयंकै छ । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन् ।
पछिल्लो समय गायिका केसीको स्वरमा गीत बजारमा आउने क्रम जारी छ । केहीदिन अघि मात्र उनकै स्वरमा ‘खै कसरी’ बोलको गीत सार्वजनिक भयो ।
यसअघि प्रतिमाले मुटुको कप्टेरा, भन्देउ हजुर, माया लाइसको, फसल पाक्यो है, संसारको चाललगायत गीतमा स्वर दिएकी छिन् ।
हेर्नुहाेस् भिडियाे















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया