प्रतिमा र सुरेनको ‘राधा प्यारी’मा गरिमा र प्रिन्स

काठमाडौं । गायिका प्रतिमा केसी र गायक सुरेन चन्दको स्वरमा ‘राधा प्यारी’ गीत सार्वजनिक भएको छ । इनाक्सी युट्युब च्यानलबाट विहिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सिएल शर्मा, सानी विश्वकर्मा र राकेश ओलीले कोरस मेल भोकल दिएका छन् । यस्तै स्मृती साही र पुष्पा बोहोराले कोरस फिमेल भोकल दिएका छन् । गीतमा सिएल शर्माको शब्द र संगीत रहेको छ । गीतको एरेन्ज विश्व अधिकराले गरेका हुन् ।
किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।
भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयंकै छ । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन् ।
पछिल्लो समय गायिका केसीको स्वरमा गीत बजारमा आउने क्रम जारी छ । केहीदिन अघि मात्र उनकै स्वरमा ‘खै कसरी’ बोलको गीत सार्वजनिक भयो ।
यसअघि प्रतिमाले मुटुको कप्टेरा, भन्देउ हजुर, माया लाइसको, फसल पाक्यो है, संसारको चाललगायत गीतमा स्वर दिएकी छिन् ।
हेर्नुहाेस् भिडियाे










बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया