पौडी खेल्ने क्रममा डुबेर चितवनका राजनको पोर्चुगलमा मृत्यु
मेरोन्यूज
२०७९ असार ४ गते ७:४१
लिस्बन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।
सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।
कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए । सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् । यसअघि पनि एक नेपालीको समुद्रमा डुबेर निधन भएको थियो ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया