मोजामा लुकाएर ल्याईएको गहनासहित १ यात्रु पक्राउ

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो ।
जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तिर्थराज पासवानले जानकारी दिए । ‘तीन वटा सिक्री र एक वटा ब्रास्लेटसहित यात्रुलाई नियन्त्रणमा लिएका छौ, थप अनुसन्धान हुन्छ ।’ पासवनले भने ।

बिहान करिब ६ बजे आएको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा वाकथ्रुबाट लुकाई छिपाई ल्याएको अवस्था देखिएको हो । युवा काम गरेर नेपाल फर्केको अवस्थाको हो वा अन्य भन्ने विषय खुलेको छैन । वैधानिक रुपमा ५० ग्रामसम्म सुन ल्याउन पाइने व्यवस्था रहे पनि अन्य गहनाको हकमा पूर्वजानकारी गराउनु पर्ने भएपनि केही त्यस्तो जानकारी नगराएको पाइएको छ ।
पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि राखिएको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया