सेलिब्रिटीको रोजाइ : पहिरन र ब्राण्ड

हास्यकलाकार हरिश निरौला ‘कक्रोच’ प्रायः फर्मल पहिरन लगाउन रुचाउँछन् । अझ त्यसमा पनि हुड्डी लगाउन उनलाई खुबै मनपर्छ । सुट् लगाउन खासै नरुचाउने उनी विशेष कार्यक्रम र पार्टीमा सामेल हुँदा सुटमै सजिएर पुग्छन् ।
सुट्मा फोटो खिचाउँदा भने उनलाई मज्जा लाग्छ । पछिल्लोपटक दाइको बिहेमा जाँदा सुट लगाएका कक्रोचले त्यस्तो अवस्थामा विभिन्न हायर सेन्टरमा जाने गरेको उनले बताए ।
‘एकपटक बागबजारको सुट्मालामा गएर सुट् अर्डर गरेको थिएँ, एकदमै राम्रो लाग्यो, सञ्चालकले राम्रो रेस्पोन्स दिनुभयो,’ कक्रोचले आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘सुट्माला गजब लाग्यो, भिडिओमा पनि हेर्ने मौका मिल्यो, यसको प्रभावकारिता राम्रो होला जस्तो लाग्छ ।’
कक्रोचको मासिक पहिरनमा यति नै खर्च हुन्छ भन्ने छैन । तर, जुत्ताका सौखिन उनी बढीजसो जुत्ता किन्नमै पैसा खर्चिन्छन् । जुत्तामा जोर्डन, नाइकी उनको सबैभन्दा प्रिय ब्राण्ड हो । नेपाली ब्राण्डमा गोल्ड स्टार उनको रोजाइमा पर्छ । बुट् टाइप जुत्ताले उनलाई आकर्षित गर्छ । एक पटक अमेरिका जा“दा उनले दुई सय डलर जुत्तामा खर्चिएका थिए । उनले अहिलेसम्म महंगोमा खरिद गरेको त्यही नै हो ।
कक्रोच प्रायः किनमेल गरिराख्न रुचाउँछन् । किनमेल गर्न उनको कुनै निश्चित ठाउँ छैन । बाटोमा हिँड्दा कतै दामी केही सामान देखियो भन्ने किनिहाल्ने उनको स्वभाव छ । उनलाई परफ्युम र अत्तर लगाउन विशेष मन पर्छ ।
दरबारमार्गस्थित दरबार मलमा हालै खुलेको आस्मा परफ्युमको अत्तर उनलाई एकदमै मनपर्छ । सञ्चालक पिर मोहम्मदले सुरुमा उपहारका रुपमा अत्तर दिनु भएपछि कक्रोचको धारणा नै बदलियो । ‘अत्तरको छेउमा परफ्युम केही हैन भन्ने लाग्यो,’ उनले सुनाए, ‘म अब आश्माकै प्रोडक्ट प्रयोग गर्छु ।’
कक्रोचको चिनारी नै हेयर स्टाइल हो । उनले डेड लक कपाल बनाउन मिहिनेत र खर्च पनि धेरै गरेका छन् । कपनस्थित बिस्टार युनिसेक्स पार्लरमा गएर उनले डेड लक बनाउँछन् । एक पटक जाँदा कपाल बनाउन ४ देखि ५ घण्टा लाग्ने गरेको बताउँछन् । डेड लक बनाएको बिस्तार युनिसेक्सले ५ देखि ७ हजार रुपैयाँ लिने गर्छ । कलाकारका रुपमा उनले भने केही छुट् पाउँछन् ।
कलाकार बान्द्रे कक्रोच जति ब्रान्ड कन्सियस छैनन् । उनलाई ब्रान्डप्रति त्यति रुची छैन । बान्द्रे शरीरमा सजिलो हुने खालको लुगा लगाउन रुचाउँछन् । प्रायः टिसर्ट, पाइन्ट लगाउन रुचाउने उनी स्पोर्ट सुजमा हिँड्छन् । सुट् लगाउन अलि असजिलो लाग्ने गरेको उनको अनुभव छ । सानैदेखि अरु पहिरनमै हिँडेकाले सुट्मा बानी नै बसेन ।
प्रायः पार्टी र विशेष कार्यक्रममा जाँदा भने बान्द्रे सुटमै तयार हुन्छन् । उनीसँग घरमा ७ जोर सुट् छ । सुट्का लागि बागबजारको सुट्माला उनको पहिलो रोजाइमा पर्छ । त्यसअगाडि नरदेवीस्थित राज कार्कीले सञ्चालन गरेको सुर्टिङ सुटिङमा जाने गर्थे । सुट्मालाका सञ्चालक राज कार्की अरुभन्दा फरक रहेको उनको अनुभव छ ।
‘राजको खुबी भनेकै कसलाई कस्तो खालको डिजाइन सुहाउँछ भन्ने ज्ञान हुनु हो, उहाँको नारा सुट् पनि पाइने, खुसी पनि पाइने भन्ने नारा नै मन पर्यो,’ बान्द्रेले सुनाए ।
बान्द्रेलाई नेपालीले हात बनाएको कपडा मन पर्छ । त्यस्तो लुगा शरीरमा लगाउँदा उनलाई राम्रो र सजिलो लाग्छ । प्रायः उनी आफै किनमेलमा निस्किदैनन् । श्रीमतीले जे चिज ल्याइदिन्छिन्, त्यही लगाउने गर्छन् । उनलाई पसलमा गएर बार्गेनिङ गर्न मन लाग्दैन । कतै गए पनि टपक्क टिप्छन् । बार्गेनिङ गर्दैनन् । आफूभन्दा बच्चाका लागि बढी किन्ने गर्छन् । जुत्तामा उनको कुनै ब्राण्ड छैन । फरफ्युम लगाउने बानी उति छैन । घरमा ल्याएको छ भने त्यही लगाउँछन् । साधारण खालको हेयर स्टाइल रुचाउने उनी इमाडोलको ठिकैको सैलुनमा जान्छन् ।
हास्यकलाकार सुबोध गौतम पनि ब्रान्डको खासै ख्याल गर्दैनन् । कसैले गिफ्ट दियो भने त्यसको सट्टा पैसा दिए हुन्थ्यो जस्तो लाग्छ रे, उनलाई । आफ्नो आवश्यकताअनुसार पहिरन किन्न रुचाउने उनको बानी छ ।
सुबोधलाई सुट् सजिएर हिँड्दा बेहुला भएर हिँडेको जस्तो लाग्छ रे । ‘मैले एक पटक सिलाउँदा ४ वर्ष चल्छ ।’ चिर परिचित उही हास्यव्यंग्य शैलीमा प्रस्तुत भएका उनले सुनाए, ‘सुटको आवश्यकता परे बागबजारको सुट्माला जिन्दाबाद । सञ्चालक राज कार्कीले असाध्यै माया गर्नुहुन्छ ।’
कलाकारिताको सिलसिलामा अस्ट्रेलिया, दुबई, दक्षिण कोरिया, हङकङ पुगेका सुबोधले केही सामान किन्नै परे नेपालमै किन्छन् । विदेश जाँदा खासै किनमेल गर्दैनन् । ‘विदेश गएको दुई, चार पैसाले घर चलाउँछु,’ उनले भने ‘सपिङ गर्ने लेभलमा पुगिसकेको छैन जस्तो लाग्छ ।’
हास्य टेलिशृंखला ‘सक्किगो नि’का कलाकार ल्याङ्ग्रे दादालाई पनि प्रायः सुटमै सजिन मन लाग्छ । आफू सुट्मा सजिदा एकदमै ह्यान्डसम देखिने उनी बताउँछन् । सुट्का लागि बागबजारको सुट्माला उनको रोजाइमा पर्ने गर्छ । सस्तो, राम्रो र सबैलाई पायक पार्ने ठाउँ भएकाले सुट्माला रोजाइमा परेको उनी बताउँछन् ।
सबैसँग हासीखुसी रुपमा प्रस्तुत हुने र सहयोगी व्यवहारका सञ्चालकको बानी उनलाई एकदमै मन पर्छ । ‘एक पटक गएपछि फर्केर जान मन लाग्छ । त्यो मीठो बोली बचनले गर्दा हो,’ उनी भन्छन्, ‘मानिसले चाहने नै यही कुरा हो ।’










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया