तीन जना अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । कञ्चनपुर र सुनसरीबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइनसहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् ।
प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली बस्ने रित बहादुर राईलाई करिव दुई किलो अवैध लागूऔषध गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया