लिचीबाटै यसरी हुन्छ लोभलाग्दो आम्दानी

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले सिजनमा लिची विक्री गरेर आयआर्जन गर्नेगरेका छन् ।
बोटमै प्रतिदाना एक रुपैयाँमा बिक्री हुने लिचीबाट स्थानीयले प्रतिघर वार्षिक सरदर ६०/७० हजार आम्दानी लिने गरेका छन् । लिचीको आम्दानीले घर खर्च र सामान्य बचत गर्न पुगेको कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगरले बताए । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिचीले बजारमा राम्रो भाउ पाउने गरेको छ । लिची बिक्रीबाट रावाबेँसीमा वार्षिक करोडौँको रकम भित्रिने गरेको छ ।
कुभिन्डेको डाँडागाउँ, माझगाउँ, दम्कु, हाचेका लगायतका गाउँ लिची उत्पादनका लागि प्रख्यात छ । नहुनेको पनि दुई/चार बोट लिची छन् । रावाबेँसीमा लिचीका एउटै बोटमा कम्तीमा १३ हजारदेखि २४/२५ हजार दाना फल्ने गरेको छ । धेरैजसो लिची स्थानीयले बोटबाटै ठगेर बिक्री गर्न बजारमा लैजाने गरेका छन् । लिचीको झुप्पा दिक्तेल बजार, बाक्सिला, ऐसेलुखर्क बजार पुग्ने गरेको छ ।
कृषक आफैले पनि डोकोमा बोकेर लिची बजार पुर्याउने गरेका छन् । कतिपय लिची व्यापार तथा कोसेलीका रूपमा काठमाडौंसम्म पुग्ने गरेको छ । तर पछिल्लो समय कच्ची सडक बनेसँगै किसानले गाउँकै सडकमा लगेर लिची बिक्री गर्ने गरेका छन् । हाटबजारमा स्थानमा डोकाकोडोका लिची बिक्री गर्न राखिएको देखिन्छ । लिची पाक्ने सिजन सुरु भएसँगै दिक्तेल बजारमा डोकोभरी लिची बिक्री गर्न आउने महिला र पुरुषको भीड लाग्ने गरेको छ । यस बाहेक विभिन्न सभा, समारोह लगायतका कारण जमघट हुने ठाउँमा समेत लिचीले बजार लिने गरेको छ ।
जिल्लाका २४८ हेक्टर क्षेत्रफल लिची उत्पादनका लागि योग्य मानिन्छ । सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, डिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया